अफगानिस्तानमा  गाडी नदीमा खस्दा आठ जनाको मृत्यु


 

काबुल । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।

ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताए ।

पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन नै यस दुर्घटनाको मुख्य कारण हो ।

पहाडी मध्य एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् । प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुने गर्छ ।