माओवादीलाई काम लाग्ने केवल अब धनवाद मात्र होः लोहनी


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले माओवादी अध्यक्ष प्रचण्डलाई क्रान्तिको सपना नदेख्न आग्रह गरेका छन् ।

आइतबार सामाजिक संजालमार्फत लोहनीले पुनः क्रान्ति गर्छु भन्ने प्रचण्डको भनाइलाई रिजोर्टमा सेकुवा र हुस्कीको तालमा नहुने बताएका हुन् । क्रान्ति खोलाको किनारको रमाइलो, सेकुवा र हुस्की नभएको बताए । भ्रष्टाचारको इतिहासबाहेक अब प्रचण्डसँग केही बाँकी नरहेको बताउँदै उनले अब के सिद्धान्त बाँकी छ र ? भन्दै प्रश्न गरेका छन् ।

लोहनीले प्रचण्डलाई न पुँजीवाद, न माक्र्सवाद, न राष्ट्रवाद, काम लागेको भन्दै अब माओवादीलाई काम लाग्ने केवल धनवाद भएको बताए । उनले माक्सवादलाई केवल जनता छक्काउने अस्त्रको रुपमा लिएको माओवादले विदेशीलाई सहज हुने सरकार खोजिरहेको समेत बताएका छन् ।