श्रीलङ्काले रसियामा हुने सम्मेलनमा ब्रिक्सको सदस्यताका लागि अपील गर्ने


 

कोलम्बो । श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा सदस्यता लिन अपील गर्ने भएको छ । श्रीलङ्काका मन्त्रिपरिषद्का प्रवक्ता विजिता हेरथले आगामी ब्रिक्स सम्मेलनमा आफ्नो देशले सदस्यका लागि अपील गर्ने बताए ।

सन् २०२४ अक्टोबर २२ देखि २४ सम्म रुसको काजानमा ब्रिक्स शिखर सम्मेलन हुँदैछ । राष्ट्रपति अनुरा कुमारा दिसानायकेलाई शिखर सम्मेलनमा सहभागी हुन आमन्त्रण गरिएको भए पनि घरेलु कारणले गर्दा सहभागी हुन नसक्ने हेराथले बताए ।

परराष्ट्र मन्त्रालयका सचिव र अधिकारीहरूको टोलीले शिखर सम्मेलनमा श्रीलङ्काको प्रतिनिधित्व गर्नेछन्, जहाँ देशले औपचारिक रूपमा ब्रिक्स सदस्यता खोज्नेछ ।
श्रीलङ्काले छिट्टै सहयोगका लागि सबै ब्रिक्स राष्ट्रका विदेशमन्त्रीहरूसँग सम्पर्क गर्ने योजना बनाएको हेराथले बताए ।