पोखराबाट काठमाडौं आइरहेको बस मर्स्याङ्दीमा खस्यो


तनहुँ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा सडकबाट बस मस्र्याङ्दी नदीमा खसेको छ । पोखरादेखि काठमाडौंका लागि छुटेको भारतीय नम्बर प्लेटको बस मस्र्याङ्दी नदीमा खसेको हो ।

बसमा ४० यात्रु रहेको बताइएको छ । प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले  अहिले घटनास्थलबाट उद्धारको काम भइरहेको जानकारी दिएका छन् ।