पोखरा । विश्व हिन्दू परिषद नेपालले पोखरामा बंगलादेशमा अल्पसंख्यक हिन्दू र बौद्ध समुदायमाथि भएको हिंसाको विरोधमा विरोध प्रदर्शन गर्नुका साथै पुत्लादहन गरेको छ ।
बुधबार पोखरास्थित मानवअधिकार चोकमा आयोजित कार्यक्रममा परिषदले अल्पसंख्यक हिन्दू र बौद्ध समुदायमाथि भएको हिंसाको विरोध गर्नुका साथै श्रद्धाञ्जलि अर्पण गरेको थियो । कार्यक्रम संचालन युवा अभियन्ता सागर अधिकारीले गरेका थिए भने विभिन्न संघसंस्थाका प्रतिनिधिले उपस्थिति जनाएका थिए ।
कार्यक्रमको अध्यक्षता महानगर अध्यक्ष बाबुराम तिमिल्सिनाले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि परिषदका महासचिव जितेन्द्र सिंह थिए । महासचिव सिंहले आतंकवाद विश्वको लागि खतरा भएको बताए ।


प्रतिक्रिया