शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा प्रचण्डलाई अष्ट्रेलियाका राजदूतको बधाई


काठमाडौँ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेकी छन् ।

बुधबार खुमलटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

यसबाट अन्तर्राष्ट्रिय जगतमा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताइन् । प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उनको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गरेका थिए ।