लायन्स क्लब अफ काठमाडौं कुलदेवताले मनायो आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव


काठमाडौं । लायन्स क्लब अफ काठमाडौं कुलदेवताले आफ्नो स्थापनाको तेस्रो वार्षिक उत्सव भव्यताका साथ मनाएको छ । डिस्ट्रिक ३२५ एम अन्तरगतको क्लवले काठमाडौंमा आफ्नो स्थापना दिवस क्लबका गभर्नर लायन चण्डीप्रसाद अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ ।

कुलदेवताका अध्यक्ष जनकराज पाठक को सभापतित्वमा सम्पन्न कार्यक्रममा ३२५ एम का गभर्नर चण्डीप्रसाद अर्यालले लायन्सको आवश्यकता र औचित्यबारे प्रशिक्षणात्मक मन्तव्य दिदै जहाँ आवश्यकता त्यहाँ लायन्स, जहाँ दुःख,पीडा र आवश्यकता हुन्छ त्यहाँ लायन्सले साथ दिने मात्र नभई सहयोग समेत गर्ने बताए ।

क्बल स्थापनाको तेस्रो वर्षमै क्लबले दुःख र पीडामा रहेका कयौंको सेवा गर्न सफल भएको र यसले भविष्यमा अझ धेरै समाजिक सेवामा सेवामा उल्लेखनीय कार्यहरु गर्ने क्लवका अध्यक्ष पाठकले प्रतिवद्धता जनाउँदै आफूहरु निरन्तर सेवामा तल्लीन रहेको समेत बताए ।

गभर्नर अर्यालले लायन्स अन्तर्राष्ट्रिय स्तरमै सेवाको निमित्त गठन भएको पवित्र संस्था भएकोले हामीले पनि सोही अनुरुपका कार्यक्रमहरु तय गरी अगाडि बढ्न क्लबलाई निर्देशन समेत दिएका थिए ।