भारतका प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री आज भारत जाँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत प्रस्थान गर्दैछन् । आज भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि मोदी तेश्रोपटक प्रधानमन्त्रीको शपथ लिँदैछन् । आज साँझ मोदीले प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी छोरी एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहने जनाइएको छ ।