काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।
नेकपा एमालेको उद्योग व्यवसाय विशेष जिल्ला कमिटीको दोस्रो जिल्ला अधिवेशनको शनिबार उद्घान गर्दै अध्यक्ष ओलीले सरकारले अब पुँजी र प्रविधिको बाटो लिनुपर्ने बताए ।
उनले भने, ‘हामीले उत्पादन र रोजगारीका क्षेत्र विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैंले पनि पुँजी र प्रविधिको बाटो दिनुपर्छ । हाम्रो पुँजी र प्रविधिले पुगेन भने बाहिरबाट आकर्षित गर्ने त्यो बाटोमा जानुपर्दछ । मुख्य कुरा आफैंले पुँजीको सिर्जना गर्नुपर्ने हुन्छ ।’
उनले वर्तमान बजेट र यसको प्रभावकारी कार्यान्वयनका सन्दर्भमा सरकारसँग आफू संवादमा रहेको बताए । वर्तमान बजेट, यसमा सच्याउनुपर्ने विषय र बजेटको प्रभावकारी कार्यान्वयनका लागि निरन्तर छलफल गरिरहेको उनले बताए ।

प्रतिक्रिया