अग्नि सापकोटा किन गए एमाले पार्टी कार्यालय, फेरि पार्टी एकताको तयारी हो ?


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार नेकपा एमालेको च्यासलस्थित केन्द्रीय कार्यालयमा पुगी कार्यालय सञ्चालन, व्यवस्थापन र  सूचना प्रविधिसम्बन्धी गतिविधिबारे जानकारी लिएका छन् ।

दुई पार्टीबीच यसअघि भएको सल्लाहबमोजिम नेता सापकोटा एमाले मुख्यालय गएका हुन् । उपाध्यक्ष सापकोटाले एमालेको एक्सन रुम, एप्स, प्रचारप्रसार व्यवस्थापनबारे जिज्ञाशा राखेका थिए ।

उनको  जिज्ञाशाबारे आफूहरुले अवगत गराएको एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिए । उपाध्यक्ष सापकोटाले एमालेको कार्यालय सुव्यवस्थित र अत्याधुनिक पाइएको बताए ।