गृहमन्त्री भन्दा पत्नी निकिता धनी, ८० तोला सुन, २० केजी चाँदी, अरु सम्पत्ति कति ?


काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । सत्तपत्ति विवरण अनुसार गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको उल्लेख छ । त्यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाएका छन् ।

श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् । यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ ।