कांग्रेसलाई प्रधानमन्त्रीको चेतावनीः यसको कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद अवरुद्ध गरेर विश्वासको मत लिन अवरोध गरेकोप्रति नेपाली कांग्रेससँग असन्तुष्टि जनाएका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा कांग्रेसले नाराबाजी गरेपछि यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने चेतावनी दिए ।

उनले भने, ‘तपाईँहरुले आज बहुत गलत गर्नुभयो । इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो। कांग्रेसका लागि मूल्य चर्को पर्नेछ। कांग्रेसका लागि कलंक रुपमा रहनेछ ।’