मधेस प्रदेश सरकारबाट एमाले पनि बाहिरियो, मन्त्रीले दिए राजीनामा


जनकपुरधाम । नेकपा एमाले पनि मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार नेकपा एमालेबाट सरकारमा रहेका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् ।

यसअघि आजै माओवादी पनि सरकारबाट बाहिरिएको थियो । योसँगै मधेश सरकार अल्पमतमा परेको छ ।