काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् ।
राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए । राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
उनले थपलिया राजनीतिलाई सेवाका रुपमा लिने व्यक्तित्व भएको बताए । थपलिया समाजसेवामा कुशल व्यक्तिसँगै राजनीतिज्ञ पनि भएको भन्दै राजनीतिलाई पेसा नभइ सेवाका रुपमा प्रस्तुत गरेको उनले बताए ।

प्रतिक्रिया