एमाले बाराको अध्यक्षमा पाण्डेय निर्वाचित


बारा । नेकपा एमाले बाराको जिल्ला अध्यक्षमा अध्यानन्द पाण्डेय निर्वाचित भएका छन् । उनले तीन सय ७७ मत प्राप्त गरेका प्रमुख निर्वाचन अधिकृत महम्द रफिक मियाँले जानकारी दिए । उनका प्रतिद्वन्द्वी टिना सुवेदीले तीन सय ४३ मत प्राप्त गरेका थिए ।

यसैगरी उपाध्यक्षमा भुलन चौधरी, सचिवमा अमृत शर्मा बजगाईँ, सहसचिवमा जवाहिर अन्सारी, महिला सहसचिवमा भावना आचार्य निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत मियाँले जानकारी दिए ।