नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने


काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनमा एमालेले राष्ट्रियसभा उपाध्यक्ष पाउने सहमति अनुसार एमालेले घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा निर्वाचन हुँदै छ ।