काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नउठाउने भएको छ । उसले नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने र आफ्नो उम्मेदवार नउठाउने निर्णय भएको कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जानकारी दिए ।
यसअघि माओवादी केन्द्रले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, उम्मेदवारी दर्ता हुनुअघि नै माओवादी केन्द्रले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय लिएको हो । पार्टीले यो निर्णय उम्मेदवार तय गरिएका शर्मालाई जानकारी गराइसकेको छ ।

प्रतिक्रिया