राप्रपाले प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनलाई समर्थन नगर्ने


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेशमा सरकार गठनका लागि नयाँ गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले अहिले संघीय सरकार बनाएको गठबन्धनलाई सहयोग गर्न नसकिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले नेपाली कांग्रेस नेतृत्वका प्रदेश सरकारलाई भने समर्थन गर्ने निर्णय गरेको छ । यसअघि राप्रपाले सत्ताकेन्द्रित राजनीतिमा आफूहरू नरहेको बताउँदै आएको थियो ।

राप्रपाले एमाले–माओवादी गठबन्धनलाई सहयोग नगर्ने बताएपछि गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले–माओवादीलाई सकस पर्ने देखिएको छ ।