प्रचण्डलाई गम्भीर आरोप लगाउँदै माओवादी नेताले छाडे पार्टी


काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले पार्टी परित्याग गरेका छन् । शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

उनले पत्रमा भनेका छन्, ‘सम्मानीय प्रधानमन्त्री प्रचण्डज्यूले दैनिकजसो अभिव्यक्तिमा सुशासन ,समृद्धि र समाजिक न्यायको कुरा जति नै गरेपनि माओवादी पार्टी का प्रमुख पदाधिकारीहरु विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु, माओवादी पार्टी, पार्टी नभएर गुटैगुटका महासंघको रुपमा रुपान्तरण हुनु, १० बर्षे जनयुद्ध को दौरान आफैंले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश बिपरित विदेशी शक्तिको आडभरोसामा सरकारमा रहनकै लागि पटक–पटक गठबंधन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नतः अध्यारो दिशा तर्फ धकेले को महसुस गरेको छु । यस्तो अवस्थामा माओवादी पार्टी मा बसिरहन मेरो नैतिकता ले दिएन तसर्थ आजकै मिति बाट म रामकुमार शर्मा नेकपा (माओवादी केन्द्र) को सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु !’