भरत दाहाल ।
कर्णाली र भेरीमा ज्वराेकाे उपचार नपाएर मानिस मर्दा हामीमा किन त्रास पैदा हुँदैन ? किन सत्तामा बस्ने राक्षस वर्गप्रति बदलाकाे ज्वाला बल्दैन ?
अहिले कोरोनाबाट संसारको अभिजात वर्ग सबै भन्दा बढी भयभित छ। कोरोनाको खतरा सर्वसाधारणलाई पनि छ तर आफू नै मरिने हो कि भन्ने डरले शासक वर्गले पृथ्वीको आधा जनसंख्या लक डाउन गरेको छ। कोरोना भाईरसले भन्दा ‘कोरोना साम्राज्यवादले’ दिनहुँ हजार गुना बढी मानिसहरुलाई अनाहकमा मारिरहेको छ। हामीमा कोरोना भाईरसका कारणले मानवीय मृत्यूमा जुन संवेदना पलाएको छ, त्यो संवेदना ‘कोरोना साम्राज्यवाद’ले दिनहुँ सयौंका दरले पचासौं बर्षदेखि मानिसहरु मार्दा किन पलाएन ?
पश्चिम एशिया, अफगानिस्तान, काश्मीर र अफ्रिकाका यी अवोध निरपराध मानिसहरुको आर्तनाद कसैका कानमा पुगेको छ ? ‘कोरोना साम्राज्यवाद’ले पकेट खर्च दिएर परिचालन गरेका मिडीयाहरुले आफ्नो अस्मिता र स्वतन्त्रताका लागि लड्दै आएका संसारका निरपराध मानिसहरुलाई ‘आतंकवादी’को उपमा दिएर यो अपराधको समर्थन गरिरहेका छन्। के यी आततायिहरुलाई मात्र बाँच्ने अधिकार छ ? के सत्ताको पहुँचमा बसेको हुने खाने वर्ग मात्र मानिस हो ? हामीले मानवीय भावनाबाट सोंच्नु पर्छ।

प्रतिक्रिया