एमाले बैतडीको अध्यक्षमा विक चयन


 

बैतडी । नेकपा एमाले बैतडीको जिल्ला कमिटीको अध्यक्षमा नरेशकुमार विक चयन भएका  छन् । जिल्लाको पाटनमा मंगलबार सम्पन्न नवौँ अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

यसैगरी जिल्ला कमिटीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद तथा उपसचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका नेकपा (एमाले) बैतडीले जनाएको छ ।