काठमाडौं । विशेष अदालतले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणको मुद्दामा आज फैसला सुनाउने तयारी गरेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार ललिता निवास सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दाको फैसला बुधकार तयार भइनसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।
विशेष अदालतका न्यायाधीशहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उक्त मुद्दा एक महिनादेखिको निरन्तर सुनुवाइपछि मङ्गलबार सकिएको थियो । सुनुवाइ सकिएपछि बुधबार फैसला सुनाउने भनिए पनि तयार भइनसकेको हुनाले आज सुनाउने तयारी भएको हो ।
एक महिना लामो समयसम्म बहस भए पनि अहिलेसम्म उक्त मुद्दाको किनारा विशेष अदालतले लगाउन सकेको थिएन । यसअघि उक्त मुद्दा विभिन्न न्यायाधीशको इजलासमा २० पटकसम्म पेसी चढिसकेको थियो । यसमा मुख्य अभियुक्तहरूमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप बस्न्यात, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ तथा उनका पारिवारिक सदस्यहरू छन् ।
त्यस्तै पूर्वमन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ, छविराज पन्त पनि प्रतिवादी छन्। पूर्वसचिव दिनेशहरि अधिकारीसहित मालपोत विभाग र भूमिसुधार मन्त्रालयका विभिन्न अधिकारीहरू समेत यसमा तानिएका छन् ।

प्रतिक्रिया