काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताएका छन् । नेपाल ड्मोक्रेटिक लयर्स एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले अधिकांश स्थानीय सरकार लगायत प्रदेश र केन्द्रको सरकारमा कांग्रेस सहभागी भएकाले काम गरेर देखाउनुपर्ने बताए । उनले कामको आधारमा निर्वाचन जित्न नसके रुवाबासीको अर्थ नहुने बताए ।
आगामी निर्वाचनका लागि अहिले नै कांग्रेसले काम गरेर देखाउनुपर्ने र अर्को पटक जित्नका लागि आधार तयार गर्नुपर्ने उनले बताए । थापाले आगामी निर्वाचनमा कांग्रेसले घोषणापत्र नभई पाँच वर्षमा गरेका कामको नतिजा लिएर जानुपर्ने धारणा राखे ।
उनले संघीयतालाई कार्यान्वयन गर्नका लागि आवश्यक कानून नबनाएर कार्यविधि मात्रै बनाएकाले काम गर्न अप्ठेरो देखिएको बताए । महामन्त्री थापाले फागुनमा प्रिबजेट छलफल हुने भन्दै यसपटक नयाँ ढंगले बजेट तयार गर्न प्रधानमन्त्रीलाइ सुझाव दिएको उल्लेख गरे ।

प्रतिक्रिया