काठमाडौं । सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसका सहप्रधाध्यापक विष्णुप्रसाद भण्डारी ७ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
उनलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्ने आदेश गरेको हो । पोखराको मालेपाटन घरभएका सहप्राध्यापक भण्डारीलाई प्रहरीले मित्रमिलन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा मंगलबार पक्राउ गरेको थियो ।
पक्राउ परेका भण्डारीलाई मंगलबार नै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । यो सहकारीको मुद्दा यसअघि नै अदालत गइसकेकाले मंगलबार नै थुनछेक बसहपछि अदालतलाई भण्डारी धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका पूर्वरजिष्ट्रार तथा कुश्मा नगरपालिका पर्वतका प्रमुख प्रशासकीय अधिकृत उदयराज पराजुली सहित संस्थाका अध्यक्ष रमण पौडेल, सदस्य गोपाल खनाल, कार्यकारी अधिकृत किरण अधिकारी, सल्लाहकार सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल भने पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

प्रतिक्रिया