काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित सडकमा गुडिरहेको बस भासिएको छ । कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ३७६२ नम्बरको यात्रु बस सर्भिस लेनतर्फको सडकमा गुड्दागुड्दै भासिएर कोल्टो परेको हो ।
बस भासिएलगत्तै यात्रु बाहिर निस्किएका थिए। उक्त बस हटाउने प्रयास भइरहेको छ। केही वर्षयता सो क्षेत्रमा सडक स्तरोन्नतिको काम भइरहे पनि बेलाबेलामा समस्या देखापरिरहेको छ । दुई वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो ।

प्रतिक्रिया