काठमाडौं । जिल्ला अदालत काठमाडौंबाट एक जना थुनुवा फरार भएका छन् । बुधबार प्रहरी वृत्त महाराजगञ्जले सिन्धुपाल्चोकका कमल खड्कालाई म्याद थपका लागि अदालत लगेको थियो । अदालत परिसरबाट उनी प्रहरीले छक्याएर फरार भएका हुन् । डलर साट्ने भन्दै लुटपाट गरेको आरोपमा उनी पक्राउ परेका थिए । अहिले प्रहरी परिचालन गरी उनको खोजी भइरहेको छ ।

प्रतिक्रिया