बझाङ केन्द्रविन्दु भएर एकाविहानै भूकम्प


काठमाडौं । बझाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा ३.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पटक–पटक भूकम्प गइरहेको छ ।