बालकुमारी घटनापछि को-को परे कारबाहीमा ?


काठमाडौं । शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले सरकारी अधिकारीहरुलाई निलम्बन गर्नुका साथै मन्त्रालयमा तानेको छ । शुक्रबार दिउँसो बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी जलाइएपछि घटेको घटनाका कारण दुई जनाको मृत्यु भएपछि गृह मन्त्रालयले केहीलाई निलम्बन गर्नुका साथै केहीलाई मन्त्रालयमा तानेको जनाएको छ ।

गृहले मन्त्री ज्वालाको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत प्रहरी सहायक निरीक्षक बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय गरेको छ । त्यस्तै कोरिया शाखा कार्यालयका निर्देशक गुरुदत्त सुवेदीलाई निलम्बन गर्ने निर्णय सम्बन्धित मन्त्रालयबाट भएको छ ।

साथै ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा र जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी बरिष्ठ उपरीक्षकलाई नेपाल प्रहरी प्रधान कार्यालयमा फिर्ता गरिएको छ ।