सन् २०२१ मा अमेरिकी संसद भवनमा भएको आक्रमणमा डोनाल्ड ट्रम्पको भूमिकालाई लिएर आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयासलाई अस्वीकार गरेको छ ।
सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दङ्गाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने कि नगर्ने भन्ने निर्णय गर्न न्यायाधीशहरूले निर्वाचन अधिकारीहरूलाई बाध्य पार्नुपर्ने पूर्व राष्ट्रपति ट्रम्पका विरोधीहरूको माग थियो । तर उच्च अदालतले प्रस्तुत प्रश्नहरूको पुनरावलोकन गर्न नसकिने बताएको छ ।
ट्रम्पलाई धेरै राज्यमा प्राथमिक मतपत्रमा उपस्थित हुनबाट रोक्नका लागि गरिएको यो पछिल्लो प्रयास हो । अमेरिकी संविधानलाई समर्थन गर्ने शपथ लिने अधिकारीहरूलाई ‘विद्रोहमा संलग्न’ भएमा भविष्यको पदबाट प्रतिबन्धित गरिने संविधानको १४ औं संशोधनअन्तर्गत रहेको छ । यो निर्णय कोलोराडो सर्वोच्च अदालतको हालैको फैसलासँग मेल खान्छ ।
यो निर्णयले ट्रम्पलाई क्यापिटोल दङ्गामा उनको भूमिकालाई लिएर राज्यको प्राथमिक मतदानमा सहभागी हुन रोकेको छ । उनलाई समर्थकलाई दङ्गा गर्न उक्साएको आरोप लगाइएको छ ।

प्रतिक्रिया