काठमाडौं । महंगी बढेको भन्दै संसदमा एकजना सांसदले कवितामार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले महंगीका विषयमा कवितामार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । पन्तले महंगीका कारण बजारमा जान नसकिने भन्दै यसरी कविता सुनाएः
खल्तीमा तलब हालेर हिँड्यो बजार
चामलको बोराले नाघ्यो तीन हजार
रहर दाल किलोको २५०
बजार भाउ सुन्दा गुम्छ होस हवास
तरकारीले भाउ नै नसोध भने झैँ गर्छ
गोलभेँडाले के किन्लास् तैँले भनेर आँखा तर्छ
दशैं पेस्की आउने कहिले कहिले, पेस्कीमा महंगी आयो
सरकारका घर त उज्याला होलान्, नहुनेको घरमा अहिले नै अँध्यारो छायो
आउन लागेको दशैं सम्झेर जनता मुर्छा पर्छ
सरकार गरिबको दशैं यसपाली कसरी टर्छ ?
मेरो प्रश्न छ– जवाफ देउ सरकार, जनताको दशैं यसपाली कसरी टर्छ ?

प्रतिक्रिया