काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले चीन भ्रमणमा अवसर गुमाएको दाबी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद पन्तले चीन भ्रमणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्ताव गरेको नौवटा योजना कार्यान्वय गर्न चुकाउनु देशका लागि दुःखद् भएको बताए ।
उनले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्रीले एउटा स्वर्णिम अवसर गुमाउनुभयो । यहाँबाट जाँदा पहिले सम्झौता गरेको बीआरआई लागि भनेर पठाएको नौवटा योजना थियो । तर फर्केर आउँदा चीनमा उहाँको हात किन काम्यो थाहा छैन । नेपालले एउटा मौका गुमायो ।’
उनले ऋणको पासोमा परिन्छ भनेर बीआरआई कार्यान्वयन नगर्ने भनी गलत प्रचार गरिरहेको दाबी गरे । सांसद पन्तले प्रधानमन्त्रीले एमसीसीका सीइओ सँगै कार्यालय उद्घाटन गरेकोमा आपत्ति जनाए ।
उनले संयुक्त उद्घाटन गर्दा प्रधानमन्त्री पदसँगको समान पद चाहिने भन्दै त्यस्तो नभएकोमा आपत्ति जनाए । उनले भने, ‘प्रधानमन्त्री र एमसीसीका एजुकेटिभ डाइरेक्टरले सँगै उभिएर एमसीसी कार्यान्वयन भएको हर्षौउल्लास कार्यक्रमको उद्घाटन गरे। मलाई अचम्म लाग्यो। यो ज्वाइन्टीले उद्घाटन गर्दा त इक्यिुभ्यालुट चाहिन्छ ।’ प्रधानमन्त्री पदसँग सुहाउने मान्छे भए त ठिकै छ।’

प्रतिक्रिया