आचार्य श्रीनिवास सुनसरीबाट पक्राउ


सुनसरी । प्रहरीले सुनसरीबाट आचार्य श्रीनिवासलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार केही दिन पहिले जनकपुरको एक कार्यक्रममा आचार्यले सद्भाव भड्किने खालको अभिव्यक्ति दिएका थिए ।

सोही कारण उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिकास्थित चक्रघट्टीबाट प्रहरीले पक्राउ गरेको हो।