पूर्वराजाले गरे भक्तपुरको तलेजु भवानीको दर्शन


भक्तपुर । पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार भक्तपुरस्थित तलेजु भवानीको दर्शन गरेका छन् । आइतबार दिउँसो पूर्वराजा शाहले तलेजु भवानीको दर्शन गर्नुका साथै भक्तपुर दरबार क्षेत्रको अवलोकन गरेका हुन् ।

भक्तपुरवासीको निमन्त्रणामा दरबार क्षेत्र पुगेका पूर्वराजा शाहलाई भक्तपुरवासीले भव्य स्वागत गरेका थिए । त्यसक्रममा राजसंस्थाको पक्षमा नाराबाजी भएको थियो ।