ओखलढुंगा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई जुनसुकै तरिकाले भए पनि टिपेर मिल्काउनुपर्ने अवस्था आएको बताएका छन्।
आइतबार ओखलढुंगामा गुरु लुइटेल स्मृति पार्कको उद्घाटन कार्यक्रममा अध्यक्ष ओलीले यो सरकारलाई जसरी पनि मिल्काउनुपर्ने बताएका हुन् । उनले सरकार नालायक भएको आरोप लगाए ।
उनले भने, ‘तपाईंहरु भन्नुस् त, यस्तो सरकार बसिरहन हुन्छ? राख्न हुन्छ अब? तपाईं हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो ।’
उनले यो सरकारले जनता नहेरी तस्करको पक्षपोषण गरेको आरोप लगाए । उनले भने, ‘यो सरकारले जनता हेर्दैन । सुनतिर हेर्छ। ब्रेक सुमा ल्याउँछ– सुन। सिगरेट ल्याउँछ– सुन । पानी तान्ने मोटर ल्याउँछ– सुन। स्याउ ल्याउँछ– सुन।’
उनले सरकारले हिंसा मच्चाएको आरोप लगाए। अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रचण्डको कार्यकर्ता भएर हिँडेको आरोप लगाए । उनले भने, ‘सरकार दैनिक क्वीन्टलका दरले .सुन तस्करी गर्छ, कांग्रेस अर्कातिर फर्केर ‘देखेँ’ मात्रै गर्छ ।’

प्रतिक्रिया