संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट ६७० कैदीको बाँकी सजाय मिनाहा


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ६ सय ७० जना कैदीको बाँकी सजाय मिनाहा गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसका अवसर पारेर कैद सजाय मिनाहा गरेका हुन् । बुधबार संविधान दिवसका अवसरमा उनीहरुको कैद सजाय माफी मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।