काठमाडौं । सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेशले यो प्रदेशमा लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले तोकेको नयाँ भाडादर प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।
५ किलोमिटरसम्मको भाडामा एक रुपैयाँ बढाइएको छ भने १० किलोमिटरसम्मको भाडामा २ रुपैयाँ बढाएर २६ रुपैयाँ पुगेको छ । यस्तै १५ किलोमिटरसम्मको भाडा २९ रुपैयाँबाट बढेर ३१ रुपैयाँ पुगेको छ ।
इन्धनको मूल्य बढेपछि सार्वजनिक यातायातको भाडा पनि बढाइएको हो । इन्धनको मूल्यमा स्वचालित मूल्य निर्धारण प्रणाली लागू गरिएको छ । इन्धनको मूल्य बढेपछि भाडा पनि सोहीअनुसार बढाइएको हो ।

प्रतिक्रिया