काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
जस अनुसार राष्ट्रिय किताबखानाका महानिर्देशक टोकराज पाण्डेको अर्थ मन्त्रालयमा सरुवा भएको छ। ललितपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याललाई गृह मन्त्रालय तानिएको छ।


प्रतिक्रिया