काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेको हो । राष्ट्र बैंकले आइतबार वेबसाइटमार्फत चालू आर्थिक वर्ष २०८०/८१को मौद्रिक नीति सार्वजनिक गरेको हो ।
मौद्रिक नीतिले नीतिगत दर घटाएर ६.५ प्रतिशत कायम गरेको छ । हाल यस्तो दर ७ प्रतिशत रहँदै आएको थियो । हालको बैंकदर ७.५ प्रतिशतको सीमालाई भने यथावत राखिएको छ । यसले समग्र ब्याज घटाउन बैंकहरूलाई दवाव पुग्ने अनुमान गरिएको छ । तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो ।
निक्षेप संकलन दर ५.५ बाट ४.५ प्रतिशत कायम गरिएको छ । त्यस्तै राष्ट्र बैंकले निर्माण क्षेत्रमार्फत अर्थतन्त्र चलायमान बनाउन पहिलो आवासीय घर कर्जाको सीमामा वृद्धि गरिदिएको छ । अहिले एक करोड ५० लाखको सीमालाई २ करोड रुपैयाँ पुर्याइएको छ ।

प्रतिक्रिया