संचारमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग


फागुन ८, २०७६

संचार मन्त्रीलाई तत्काल बर्खास्त गरेर अनुसन्धान गरियोस् !

प्रेस वक्तव्य

सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद तयारी संगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएका थिए l तर स्वयं सञ्चार मन्त्रीले कमिसनका लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भए पश्चात् त्यो अनुमान बलियो ढंगले प्रमाणित भएको छ l

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो `हाम्रा कुरा´ मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली कांग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ l

जय नेपाल ।

विश्वप्रकाश शर्मा

प्रवक्ता