काठमाडौं । नेकपा एमाले सांसद पदम गिरीले लम्पी स्किन रोग रोकथाम तथा नियन्त्रणका लागि सरकार उदासिन देखिएको आरोप लगाएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद गिरीले रोग नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मी परिचालन गर्न माग गरेका हुन् ।
सांसद गिरीले लम्पी स्किनबाट किसानले पालेका पशुचौपाय धमाधम मर्न थालेको भन्दै यथासिघ्र पशु स्वास्थ्यकर्मी परिचालन गर्न सरकारसँग माग गरे ।
उनले भने, ‘किसानहरू आहालमा डुबेर बसिरहेका छन्। पीडाले रोइरहेका छन्। यस्तो संवेदनशील विषयमा सरकार उदासिन देखियो।’
उनले ४ महिनाको अवधिमा ८ लाख पशुचौपायहरू संक्रमित भएका र २७ हजार चौपायहरू मरिसक्दा पनि सरकारले रोकथामको पहल नगरेको बताए। सरकारको उदासिनताका कारण किसानले यति ठूलो क्षति व्यहोर्नु परेको उनको भनाइ छ।

प्रतिक्रिया