काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्सेमा ठूलो अंकको गिरावट आएको छ । बुधबार नेप्से ३९ दशमलव २६ अङ्कले घटेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा जीवन बिमा समूहको शेयर चार सय नौ र निर्जीवन बिमा समूहको शेयर तीन सय १० अङ्कभन्दा धेरैले घटेको छ । नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकम भने हिजोको भन्दा केही बढेको छ ।
मंगलबार दुई अर्ब ५७ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज तीन अर्ब सात करोड रुपैयाँको शेयर कारोबार भयो । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । आज दुई सय ७७ वटा कम्पनीका शेयर कारोबार हुँदा १४ वटाको मूल्य बढ्यो भने दुई सय आठ वटाको घटेको छ ।
दुई वटा कम्पनीको शेयर मूल्य घटबढ भएन । आज बीपीडब्ल्यू लघुवित्त र मोदी इनर्जीको शेयर १० प्रतिशतले घटेको छ । मोदी इनर्जीको शेयर आज पहिलो कारोबारमै नकरात्मक सर्किट लागेको हो । समग्रमा बजार घटेको दिन आज सिटी होटल र रावा इनर्जीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रतिक्रिया