काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चालाई अझै विस्तार गर्नुपर्ने बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यो मोर्चा सत्ता टिकाउनका लागि मात्रै प्रयोग हुन नहुने बताए ।
उनले भने, ‘यो सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तनको मोर्चा बनोस् । यसलाई अझै विस्तार गर्नुपर्ने अवस्था छ ।’
उनले देशका वामपन्थी र क्रान्तिकारीहरूलाई एकताबद्ध नगरेसम्म सही विकल्प निर्माण नहुने भन्दै मोर्चा निर्माण पहिलो पाइला मात्रै भएको टिप्पणी गरे ।

प्रतिक्रिया