भारतबाट बढेर आयो इन्धनको मूल्य


काठमाडौं । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढेर आएको छ । खाना पकाउने ग्यास एलपी ग्यास र मट्टीतेलको मूल्य भने यथावत रहेको निगमले जनाएको छ ।

आईओसीले हरेक १५/१५ दिनमा मूल्य सूची पठाउने गरेको छ । सोही अनुसार आयल निगमले नेपालमा मूल्य घटाउने वा बढाउने गरेको छ । ।