नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिरः सांसद शाही


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सरकारले अघि सारेको नीति तथा कार्यक्रम र बजेटबीच तालमेल नमिलेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद शाहीले बजेट बनाउँदा प्रधानमन्त्री र अर्थमन्त्रीबीच भेटै नभएजस्तो अनभूति हुन पुगेको बताएका हुन् । उनले नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर भएर आएको बताए ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रम र बजेट हेर्दा मेल खाएजस्तो लाग्दैन। नीति तथा कार्यक्रम एकातिर छ, बजेट केन्द्रित अर्कोतिर भएको मैले यहाँ अनुभूति गरेको छु, ।’

उनले सरकारले बजेटमार्फत लगानीको क्षेत्र बढाउनुपर्ने बताए । उनले करको दायरा नभई लगानीको क्षेत्र बढाएर मात्र उत्पादन र उत्पादकत्व बढाउन सकिने बताए।