पच्चीसौं साङ्घाई अन्तरराष्ट्रिय चलचित्र महोत्सवको एक भागको रूपमा बेल्ट एण्ड रोड चलचित्र सप्ताह शनिबार पूर्वी चीनको शाङ्घाई महानगरमा शुरु भएको छ । यस वर्षको महोत्सवमा स्वदेश तथा विदेशका कुल २० वटा चलचित्र प्रदर्शन हुनेछन् ।
ती मध्ये चिनियाँ फिल्म ‘अबसेन्स’ र हङ्गेरी फिल्म ‘सिक्स विक्स’ सहित आठ वटा चलचित्रले पुरस्कारका लागि प्रतिस्पर्धा गर्नेछन्। ‘चलचित्र भनेको जीवन र सपनाको प्रदर्शन हो। मानिसहरू चलचित्रको माध्यमबाट गहिरो भावनाको आदानप्रदानको चाहना राख्छन्,’ चिनियाँ अभिनेता लेई जियाइनले भनेका छन् ।
उनी यस वर्षको बेल्ट एण्ड रोड चलचित्र महोत्सवको प्रवर्द्धन दूत पनि हुन् । ‘विश्वभरका चलचित्र निर्माताहरूले पनि ‘बेल्ट एण्ड रोड’ को इतिहास, वर्तमान र भविष्यलाई प्रदर्शन गर्न सक्ने थप उत्कृष्ट कार्यहरू सिर्जना गर्ने आशा राख्छन्,’ लेईले भनेका छन् ।
यो वर्ष बेल्ट एण्ड रोड इनिसिएटिभको १० औं वार्षिकोत्सवका साथै बेल्ट एण्ड रोड फिल्म फेस्टिभल एलायन्सको ५ औं वार्षिकोत्सव मनाइदैछ। बेल्ट एण्ड रोड चलचित्र सप्ताह जुन १८ सम्म चल्नेछ। स्क्रिनिङ सत्रहरूका अतिरिक्त, शिखर सम्मेलन, अन्तरक्रिया मञ्च र अन्य थुप्रै प्रतियोगिताहरू यसमा समावेश हुनेछन् ।

प्रतिक्रिया