काठमाडौं । अर्थ मन्त्रालयले शेयर कारोबारको नाफामा लाग्ने करमा नयाँ व्यवस्था नहेको बताएपछि शेयर बजार उच्च अङ्कले बढेको छ । आइतार नेप्से ५३ दशमलव शून्य तीन अङ्कले बढेर एक हजार नौ सय १९ दशमलव ३७ विन्दुमा पुगेको छ । सबै समूहको शेयर बढेकोमा होटल, उत्पादन र बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज दुई सय ७० वटा कम्पनीका ४५ लाख ५७ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ६३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १५ करोड ८१ लाख रुपैयाँमा किनबेच भयो ।
आज आईजीआई प्रुडेन्सियल इन्सुरेन्सको शेयर १० प्रतिशत तथा सामुदायिक लघुवित्त, सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज केही म्युचल फन्डको शेयरमात्रै सामान्य घटेको छ ।

प्रतिक्रिया