काठमाडौं । विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको हो ।
प्रधान पर्यटन उद्यमी हुन् । त्रिभुवन विश्व विद्यालयमा ’संस्कृति पर्यटन ’का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलतापूर्व सम्पन्न गरिसकेका छन् ।
विभिन्न सामाजिक–राजनीतिक अभियानको नेतृत्व गरिसकेका प्रधान विधि र मूल्य मान्यतामा आधारित राजनीतिको खरो वकालतकर्ता हुन् । राजनीतिक घरानाका प्रधान तनहुँको बन्दीपुरका स्थायी वासिन्दा हुन् ।

प्रतिक्रिया