प्रधानमन्त्री प्रचण्ड इन्दौरमा


काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेश पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड शुक्रबार मध्य प्रदेशको इन्दौर पुगेका हुन् ।

उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दौर विमानस्थलमा स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्दै मुख्यमन्त्री चौहानले नेपालका प्रधानमन्त्रीलाई पुष्पगुच्छा दिई आत्मीय स्वागत गरेको उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले इन्दौरमा फोहोर व्यवस्थापनबारे अवलोकन गर्नेछन् ।

त्यसपछि उनी आजै मध्य प्रदेशको अर्को सहर उज्जैन पुग्नेछन् । उज्जैनमा प्रधानमन्त्री दाहालले महाकालेश्वर मन्दिरको दर्शन गर्नेछन् । साथै त्यहाँ उनले १०८ किलो रुद्राक्ष चढाउने कार्यक्रमसमेत रहेको छ ।