अग्नि सापकोटाको नेतृत्वमा माओवादी नेताहरु चीन भ्रमणमा


काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू शुक्रबार चीनको १० दिने भ्रमण गएका छन् । माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्यीय टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दुका लागि प्रस्थान गरेको हो ।

भ्रमण दलमा पुर्वसभामुख सापकोटासहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश साह, डिलाराम आाचार्य, प्रदेश अध्यक्षहरु सहित केन्द्रीय नेताहरु रहेका छन् । यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।