मदन-आश्रित हत्याकाण्डलगायत ठूला हत्याकाण्डको नयाँ शिराबाट छानबिन गर्नुपर्छ भन्ने पक्षमा सरकार छः प्रधानमन्त्री


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका भएका ठूलठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको छानबिन गर्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रभु साह र अमरेशकुृमार सिंहको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले देशमा भएका ठूलठूला हत्याकाण्ड र भ्रष्टाचार घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले भने,‘गौर हत्याकाण्ड, दरबार हत्याकाण्ड, मदनआश्रित हत्याकाण्डलगायत देशमा भएका ठूलठूला हत्याकाण्ड र भ्रष्टाचारका घटनाको नयाँ शिराबाट छानबिन गर्नुपर्ने पक्षमा सरकार छ ।’ प्रधानमन्त्रीले यस्ता घटनाको पुनः छानबिनका लागि राजनीतिक स्तरमा सहमति हुनुपर्ने बताए ।